पूर्वमन्त्री तथा नेकपा माओवादीका उपमहासचिव वर्षमान पुनको कलेजो प्रत्यारोपण गर्नुपर्ने

हेटौंडा टुडे
२०७९ माघ ४, बुधबार १५:५५ गते

हेटौंडा |पूर्वमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनको कलेजो प्रत्यारोपण गर्नुपर्ने भएको छ।

कलेजो ८५ प्रतिशतभन्दा बढी बिग्रिइसकेको हुनाले उनको अबको उपचार प्रत्यारोपण नै रहेको सुमेरु सिटी अस्पतालका पेट तथा कलेजो रोग विशेषज्ञ प्राडा युवराज शर्माले बताए।

पुनको पेटमा दुई महिनादेखि पानी जम्ने समस्या देखिएको छ। सुमेरु सिटी अस्पतालमा ल्याइएपछि पुनको पेटबाट साढे २ लिटर पानी निकालिएको छ। नेपालमै नियमित रुपमा कलेजो प्रत्यारोपण नभइरहेको अवस्थामा प्रत्यारोपण कहाँ गर्ने भन्ने विषयमा छलफल भइरहेको उनले बताए।

नेपालमा त्रिवि शिक्षण अस्पताल र मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा कलेजो प्रत्यारोपण हुन्छ। पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ अस्पताल पुगेका छन्। ललितपुरस्थित सुमेरु अस्पतालमा पुगेर उपराष्ट्रपतिले बिरामी पुनलाई भेटेका हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*