हेटौंडा| साताकाे दाेस्राे काराेबार दिन साेमबार नेपाली सुनचाँदी बजारमा सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढेर १ लाख ५ हजार ३ सय रुपैयाँ कायम भएको छ।
यस्तै,आज तेजावी सुनको मूल्य तोलाको १ लाख ४ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ। यसअघि, आइतबार छापावाल सुन तोलाको १ लाख ५ हजार रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ४ हजार ५०० रुपैयाँ निर्धारण भएको थियो।
यता, सोमबार चाँदीको भाउपनि तोलामा ५ रुपैयाँले बढेर १३ सय ८० रुपैयाँ कायम भएको छ। आइतबार चाँदीको भाउ १३ सय ७५ रुपैयाँ कायम रहेको थियो।
सेयर गर्नुहोस्




















