सुनकाे मूल्य बढ्यो

हेटौंडा टुडे
१० माघ २०७९, मंगलवार १२:०९

हेटौंडा| नेपाली बजारमा मंगलबार सुनकाे मूल्यले कीर्तिमान बनाएकाे छ। सुन आज प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च मूल्य हो।

आज १ हजारले बढेर प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

साेमबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भएकाे थियो।

यसअघि २०७८ फागुनमा सुन प्रतितोला १ लाख ५ हजार ५०० रुपैयाँ पुगेको थियो।

तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँ कायम भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*