सुदूरपश्चिम केन्द्रबिन्दु भएर भूकम्प

हेटौंडा टुडे
२०७९ माघ १०, मंगलवार १५:३१ गते

हेटौंडा| सुदूरपश्चिम नेपालमा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

बाजुराको मौला आसपास केन्द्रबिन्दु भएर दिउँसो २ बजेर ४३ मिनेटको समयमा ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रका राजेश शर्माले जानकारी दिए ।

भूकम्पको धक्का नेपालका पोखरा, भैरहवाका साथै भारतको राजधानी दिल्लीमा समेत महसुस भएको छ ।

सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का बढी महसुस गरिएको छ । मानिसहरु भूकम्पपछि घर बाहिर निस्केका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*