सुनको मूल्य घट्यो

हेटौंडा टुडे
२०७९ माघ ११, बुधबार ११:१९ गते

हेटौंडा| आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुन तोलामा १०० रुपैयाँले घटेको हो ।

आज छापावाल सुन तोलामा १ लाख ६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन मंगलबार उक्त सुन तोलामा १ लाख ६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलामा १ लाख ५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य स्थिर रहेको छ । चाँदी आज तोलामा १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*