प्री ओपन सेसनमा नेप्से परिसूचक करिब ३ अंकले बढ्यो

हेटौंडा टुडे
२०७९ माघ १७, मंगलवार ११:५७ गते

हेटौंडा|प्री ओपन सेसनमा नेप्से परिसूचक करिब ३ अंकले बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात् सोमबार ४१.१६ अंकले घटेर बन्द भएको  नेप्से यसदिन प्री ओपन सेसनमा २.९१ अंकले बढेर २१३०.२९ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.९२ अंकले बढेको हो।

यसदिन प्री ओपन सेसनमा १३ कम्पनीको ६ लाख १० हजार १४६ रुपैयाँको सेयर कारोबार भयो। कारोबारमा आएका १३ कम्पनीको १ हजार १०३ कित्ता सेयर बिक्री भएको हो।

जसमध्ये ८ कम्पनीको मूल्य बढेको छ भने ४ को घटेको छ। बाँकी १ कम्पनीको मूल्य स्थिर रह्यो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*