हेटौंडा। शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।साताको छैठौ दिन शुक्रबार सुन १४ सय रुपैयाँ घटेको हो।बिहीबार प्रतितोला १२ सय रुपैयाँ बढेको सुन आज घटेको हो।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख छ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी सिल्प व्यवसायी महासंघले जनाएको छ।त्यसैगरी,म शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रुपैयाँ घटेको हो।
सेयर गर्नुहोस्




















