हेटौंडा। फागुन १ गते बागमती प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ।
बागमती प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा यही फागुन १ गते बागमती प्रदेशभर सार्वजनिक बिदा दिएको छ। बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता अनुशील सापकोटाले आज एक विज्ञप्ति प्रकाशित गर्दै जन युद्ध दिवस मनाउन प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएका छन्। यो निर्णय माघ २४ गते बसेको मन्त्रिपरिषदको बैठकले गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
सेयर गर्नुहोस्





















