हेटौंडा| प्रतियोगितामा आज शुक्रबार मनाङ मस्याङ्दी क्लव र मकवानपुर ११ बीच खेल हुनेछ ।
यसैगरि हीजोको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब हेटौंडामा जारी पाँचौं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता–२०७९ को अन्तिमम चारमा स्थान बनाउन सफल भएको छ ।
विभागीय टोली त्रिभुवन आर्मी क्लवलाई ट्राइबेकरमा पराजित गर्दै एपिएफ क्लव सेमिफाइनलमा प्रवेश गरेको हो । विहीबार भएको क्वाटरफाइनल खेलमा एपिएफले त्रिभुवन आर्मी क्लवलाई सडन डेथमा ४–२ गोल अन्तरले पराजित गर्यो । निर्धारित ९० मिनेटको समयमा गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।
सेयर गर्नुहोस्





















