हेटौंडा| नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवबीच भेटवार्ता भएको छ। बिहीबार दिउँसो भारतीय राजदूत श्रीवास्तव ओलीसँग भेट गर्न बालकोट पुगेका हुन्।
राष्ट्रपति निर्वाचनका लागि मनोनयनको दिन नजिकिएसँग विभिन्न राजदूतको भेटघाट बाक्लिएको छ। यस अगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग श्रीवास्तवले बालुवाटार पुगेर राष्ट्रपति निर्वाचनको बारेमा चासो राखेका थिए।
फागुग २५ गते हुने राष्ट्रपति निर्वाचनको लागि फागुन १३ गते मनोनयन दर्ता गर्ने कार्यक्रम छ। चिनियाँ राजदूत छन् सोङले पनि भेटवार्ता तीब्र बनाएका छन्।
सेयर गर्नुहोस्





















