हेटौंडा | त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले शुक्रबार शोक विदा दिने निर्णय गरेको छ । बुधबार बसेको कार्यकारी परिषद्को बैठकले त्रिवि सेवा आयोगका पूर्व अध्यक्ष प्राध्यापक चूडाराज उप्रेतीको निधनको शोक विदा दिने निर्णय गरेको त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाले जनाएको छ ।
उप्रेतीको फागुन ८ गते निधन भएको थियो । शाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले एक सूचना जारी गर्दै पूर्व निर्धारित परीक्षाहरु यथावत रहने गरी त्रिवि केन्द्रिय कार्यालय लगायत त्रिविका सबै आंगिक क्याम्पस तथा कार्यालयहरु बन्द हुने जानकारी गराएका हुन् ।
सेयर गर्नुहोस्






















