दुर्घटनामा पत्रकार मनोज हिताङको मृत्यु

हेटौंडा टुडे
२०७९ फाल्गुन १४, आईतवार ११:३९ गते

हेटौंडा|बुटवलमा भएको दुर्घटनामा रुपन्देहीका पत्रकार मनोज हिताङको मृत्यु भएको छ।

सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल उपमहानगरपालिका–९ नया बसपार्क अगाडी सुदुर पश्चिम प्रदेश ०७–०२–००१ख १२५६ नम्बरको बस र लु ८ प ९०६८ नम्बरको मोटरसाइकल गएराती ११ बजे आपसमा ठोक्किँएको थियो ।

मोटरसाइकल चालक बुटवल उपमहानगरपालिका ११ माझगाउ बस्ने पाल्पा तानसेन घर भएका अन्दाजी २७ वर्षीय मनोज गम्भीर घाइते भएका थिए । उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल उपचारको क्रममा रातीनै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मनोज लामो समयदेखि टेलिभिजन क्यामेरा पर्शनको रूपमा कार्यरत थिए । उनी पछिल्लो समय एनएनटिभीको लुम्बिनी प्रदेश कार्यालयमा संवाददाताको रूपमा कार्यरत थिए। मनोजका बुवा, एक श्रीमती २ भाइ छोरा रहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*