कांग्रेस मकवानपुरको शान्ति सुरक्षा तथा प्रशासन विभागको पूर्णता

हेटौंडा टुडे
२०७९ फाल्गुन १५, सोमबार १८:०९ गते

हेटौंडा| नेपाली कांग्रेस मकवानपुरले स्थापना गरेको शान्ति सुरक्षा तथा प्रशासन विभागले पूर्णता पाएको छ । पार्टीले विभागको प्रमुखमा कालु घलानलाई संयोजक तोकेकोमा घलानले सोमबार एक भेलामार्फत विभागलाई पूर्णता दिलाएका हुन् ।

हरिबहादुर मोक्तान सदस्य सचिव रहने गरी ११ सदस्यीय विभागलाई पूर्णता दिइएको छ । विभागको सदस्यहरुमा राम थापा, रिताकुमारी घिमिरे, शोभा खतिवडा, ईन्द्रबहादुर मोक्तान, योग्यराज सापकोटा, मिनप्रसाद दुलाल, डोल्मा स्याङ्बो, आशिष भट्ट, विश्वनारायण श्रेष्ठ रहेका छन् । आम नागरिकको शान्ति सुरक्षामा सम्बन्धित निकायलाई सहयोग गर्ने साथै सबै सरकारी निकायहरुको अनुगमन तथा निरीक्षण गरी छिटो र प्रभावकारी सेवा प्रदान गर्न सहयोग गर्ने विभागको उद्देश्य रहेको संयोजक कालु घलानले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*