हेटौंडा। सडक निर्माणका लागी पुस ५ गतेबाट दैनिक ४ घण्टा अवरुद्ध हदै आएको मुग्लिन नारायणगढ सडक आज आइतबारदेखि नियमित सञ्चालनमा आउने भएको छ । उक्त सडकखण्ड आज आइतबारबाट नियमित रुपमा सञ्चालनमा आउने भएको हो।
नयाँ पुल बनाउन तथा सडक मर्मत गर्नु परेका कारण गत पुस ५ गतेदेखि दैनिक चार घण्टा बाटो अवरुद्ध हुँदै आएको नारायणघाट मुग्लिङ सडक खण्ड आयोजनाले जनाएको छ।
निर्माण कार्य सम्पन्न भएकोले आजबाट नियमित रुपमा पुर्ण रुपमा सञ्चालनमा आउने आयोजना अन्तर्गत पश्चिम खण्डका सूचना अधिकारी कृष्ण आचार्यले बताएका छन्। निर्माणका लागी भन्दै आयोजनाले पुस ५ गतेबाट बिहान ११ बजेदेखी ३ बजेसम्म सडक खण्ड अवरुद्ध गरेको थियो।
सेयर गर्नुहोस्





















