मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

हेटौंडा टुडे
२०७९ फाल्गुन २३, मंगलवार १२:२९ गते

हेटौंडा|धनुषामा मोटरसाइकल दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । दुर्घटनामा परेर मोटरसाइकल चालक धनुषाको बटेश्वर गाउँपालिका–१ विजयपुरका ४० वर्षीय विनोद महतो र परिचय नखुलेका एक जना सडक मानव (पुरुष) को ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, सोमबार राति करिब ११ बजेको समयमा पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको मिथिला नगरपालिका–१० लालगढमा बर्दिबासतर्फबाट आउँदै गरेको प्रदेश २–००२–०३ प ७७४३ नम्वरको मोटरसाइकल सडक मानवसँग ठोक्किएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका अपरिचित सडक मानवको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा ज्यान गएको हो ।

यस्तै, मोटरसाइकल चालक महतोको उपचार जनकपुरमा सम्भव नभएपछि थप उपचारको लागि काठमाडौं लैजाँदै गर्दा मंगलबार बिहान ढल्केबर बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।

दुबै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*