लोकदोहोरी गायक राजेन्द्र लम्सालको निधन

हेटौंडा टुडे
२०७९ फाल्गुन २३, मंगलवार १३:०२ गते

हेटौंडा|लोकदोहोरी गायक राजेन्द्र लम्साल क्षेत्रीको निधन भएको छ ।

लामो समयदेखि स्पेनमा बस्दै आएका राष्ट्रिय दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापकसमेत रहेका वरिष्ठ लोकदोहोरी गायक एवम् सर्जक लम्सालको गएराति निधन भएको गायक रमेश विजीले जानकारी दिए । उनी ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका’ युरोप शाखाका संस्थापक संरक्षक पनि हुन् । लम्सालका ‘ज्याग्दी खोला किनारै बसेर’,’जापान टोकियो’ जस्ता धेरै गीतहरू चर्चित छन् ।

गायक लम्सालको निधनप्रति राष्ट्रिय दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्वअध्यक्ष समेत रहेका गायक रमेश विजीले दुःख व्यक्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*