टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

हेटौंडा टुडे
२०७९ फाल्गुन २८, आईतवार ११:२८ गते

हेटौंडा | पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । जिल्लाको माथागढि गाउँपालिका–६, चिल्लेपानीस्थित झडेवा रहबासभित्री कच्ची सडकमा लु २ ख ११९६ नम्बरको टिपर सडकदेखि करिब ४० मिटर तल खस्दा एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका–११ गणेशपुरका ४० वर्षीय विष्णु गुरुङको ज्यान गएको हो । उक्त दुर्घटनामा परेर अर्का एक जना घाइते भएका छन् ।
गोठादीबाट रहबासमा रहेको चुन ढुङाखानीमा हिँडेको खाली टिपर दुर्घटना हुँदा माथागढी गाउँपालिका–७, झडेवाका ५० वर्षीय हुमबहादुर परियार घाइते भएको पाल्पा प्रहरीले जनाएको छ । दुर्घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*