सुनको मूल्य बढ्यो

हेटौंडा टुडे
२०७९ फाल्गुन ३०, मंगलवार १२:२५ गते

हेटौंडा|नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ।

सुनको मूल्य प्रतितोला एक हजार ६०० रुपैयाँले बढेको छ। छापावाल सुन प्रतितोला एक लाख पाँच हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार एक लाख चार हजार १०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार २०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ।

यसैगरी चाँदी प्रतितोला ४५ रुपैयाँले बढेको छ। चाँदी एक हजार ३०० रुपैयाँ कायम भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*