शेयर बजारमा वृद्धि

हेटौंडा टुडे
२०७९ फाल्गुन ३०, मंगलवार १५:२६ गते

हेटौंडा | हिजो सोमवार र अस्ति आइतवार उच्च अङ्कले घटेको शेयर बजार आज मङ्गलवार भने सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज एक दशमलव ८५ अङ्कले बढेर एक हजार नौ सय ५३ दशमलव शून्य छ विन्दुमा पुगेको छ ।

आज माइक्रोफाइनान्स, उत्पादन, बैंक र म्युचल फन्ड समूहको शेयर सामान्य घटेको छ भने बाँकी सबै समूहको शेयर झिनो अङ्कले उकालो लागेको छ ।

बजार समान्य बढेको दिन दुई सय ५५ वटा कम्पनीको ३३ लाख १८ लाख कित्ता शेयर एक अर्ब १३ करोड ५९ लाख रुपैयाँमा कारोबार भएको छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको १० करोड ४८ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै युनिक नेपाल लघुवित्त र शुभम् पावर कम्पनीको शेयर १० प्रतिशत र सुपर मादी हाइड्रो कम्पनीको शेयर साढे नौ प्रतिशतले बढेको छ । आज सबैभन्दा धेरै सर्पोट माइक्रोफाइनान्स र कृषि विकास बैंकको शेयर झन्डै चार प्रतिशतले घटेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*