उपराष्ट्रपति निर्वाचनका लागि मौन अवधि शुरु

हेटौंडा टुडे
२०७९ चैत्र १, बुधबार १०:२९ गते

हेटौडा। उपराष्ट्रपति निर्वाचनका लागि मंगलबार रातिदेखि मौन अवधि शुरु भएको छ । निर्वाचन आयोगका अनुसार मौन अवधि मतदान नसकिएसम्मका लागि रहने भएको हो ।
यो अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी, उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न र सामाजिक सञ्जालबाट मत माग्न पाउने छैनन् । यसैगरी यस अवधिमा आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जित र हारको पूर्वानुमानका सामग्रीहरु प्रसारजस्ता कार्य गर्न पनि नपाइने आयोगले जनाएको छ ।

उपराष्ट्रपति निर्वाचनका लागि नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, जसपाबाट प्रमिला कुमारी यादव र रामसहाय प्रसाद यादव तथा जनमत पार्टीबाट ममता झासहित चार जना उम्मेदवार रहेका छन् । प्रमिलाले भने आफूले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छिन् ।उपराष्ट्रपतिको निर्वाचन शुक्रवार हुँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*