हेटौंडा | साताको चौथो दिन सुनचाँदीको मूल्य स्थिर रहेको छ।
मंगलबार तोलाको १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार पनि सोही मूल्यमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघले बुधबार तेजाबी सुन तोलाको १ लाख ५ हजार २ सय रुपैयाँ तोक्दा चाँदी १ हजार ३ सय रुपैयाँ तोलामा कारोबार हुनेछ।
सेयर गर्नुहोस्




















