हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको नगरको ४ स्थानमा सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ।
मंगलबार बसेको हेटौंडा उपमहानगरपालिकाको २० औं कार्यपालिका बैठकले स्थानीय तथा यात्रुलाई सहजता प्रदान गर्न हेटौंडा नगरको पुर्वमा १८ नम्बर वडा ,पश्चिममा १९ नम्बर वडा , दक्षिणमा १५ नम्बर वडा र उत्तरमा १ नम्बर वडा क्षेत्रमा सार्वजनिक शौचालय निर्माण गर्ने निर्णय भएको हेटौंडा उपमहानगरपालिकका प्रवक्ता सविन न्यौपानलेले बताएका छन् ।
त्यस्तै बैठकले उपमहानगरपालिकाले न्यून आय भएका गरीव तथा बिपन्न परिवारका ६६३ जनाको निःशुल्क स्वास्थ्य बिमा गर्ने निर्णय गरेको न्यौपानले बताए। नगर स्तरीय स्वास्थ्य विमा लाभग्राही छनौंट समितिले २०७९ फागुन ११ गते गरेको निर्णयबाट भएको सिफारीस अनुसार उनिहरुको स्वास्थ्य बिमा गरीने निर्णय भएको जनाइएको छ। बैठकले सार्वजनिक पुर्वाधार सम्पत्ती संरक्षण, उपमहानगरको पाठ्क्रम निर्माण तथा कार्यान्वयन कार्यबिधी २०७७ संसोधन, बाटो सार्वजनिक, घर नक्सा अभिलेखिकरण तथा नियमित गर्ने , अनलाईन नक्सा पास सहित बिभिन्न खेलमैदान निर्माण सम्बन्धी निर्णय भएको प्रवक्ता न्यौपानेले जानकारी दिएका छन् ।





















