हेटौंडा| बिहीबार बजारमा सुनको भाउ प्रतितोला एक हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवासायी महासंघकाअनुसार बुधबारको तुलनामा बिहीबार छापावाल सुनको भाउ बढेर १ लाख ६ हजार ७ सय रुपैयाँ पुगेको छ ।
यसअघि भने छापावाल सुनको भाउ प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँ थियो । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँबाट बढेर १ लाख ६ हजार २ सय रुपैयाँ पुगेको छ ।
यता, चाँदीको भाउ भने तोलामा पाँच रुपैयाँ बढेको देखिन्छ । आज चाँदीको भाउ प्रतितोला १ हजार ३ सय ५ रुपैयाँ रहेको छ । यसअघि चाँदी प्रतितोला १ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
सेयर गर्नुहोस्




















