हेटौंडा । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज शुक्रबार उपराष्ट्रपति पदका लागि मतदान हुँदैछ । संसद् भवनको ल्होत्से हलमा दुई मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ ।
मतदान बिहान १० देखि अपराह्न ३ बजेसम्म हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ ।
संघीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसा सदस्यको मतभार ४८ रहेको छ । मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु गरेर साँझ ६ बजेसम्म निर्वाचन परिणाम सार्वजनिक गर्ने आयोगले जनाएको छ ।
संघीय संसद्का तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० सांसदले मात्र निर्वाचनमा मतदान गर्न पाउँनेछन् ।
सेयर गर्नुहोस्






















