बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

हेटौंडा टुडे
२०७९ चैत्र ३, शुक्रबार ०९:५५ गते

हेटौंडा | कास्कीमा नगरबसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका(४ चिप्लेढुङ्गामा शुक्रवार बिहान ग। १ ख ७१०८ नम्बरको नगर बसले ग। ९ प ९९८९ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा स्कुटर चालक झापा दमककी २४ वर्षीया दीक्षा कार्कीको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते दीक्षाको गण्डकी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको वडा कार्यालय बैदामका इन्सपेक्टर हरिप्रसाद पौडेलले जानकारी दिए ।

बस चालक सागर क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*