आज नेपाली काँग्रेसले कार्यसम्पादन समितिको बैठक

हेटौंडा टुडे
२०७९ चैत्र ५, आईतवार ०९:५९ गते

 हेटौंडा । समसामयिक राजनीतिक घटना र पार्टी धारणाका बारेमा छलफल गर्न नेपाली काँग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

ऋाज बिहान साढे १० बजे नयाँ वानेश्वर स्थित संघीय संसद भवनको शंकर हलमा बस्ने गरी बैठक बोलाइएको काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

एनका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहने छ । सरकारमा पार्टीको  सहभागिताका बारेमा पनि छलफल हुने नेताहरूले बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले भोली संसदमा विश्वासको मत लिनेभएपछि विश्वासको मत दिने र सरकारमा सहभागी हुने विषयमा छलफल हुने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*