हेटौंडा । हेटौंडामा घास काट्न रुख चढेकी एक महिलाको लडेर ज्यान गएको छ। मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–३, जम्बु चौताराकी ३८ वर्षीया राजलक्ष्मी गोलेको रहेको प्रहरीले जनाएको छ ।
गोले घर नजिकै रहेको लेवट सामुदायिक वनमा घाँस झार्ने क्रममा रुखबाट खसेको र घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
सेयर गर्नुहोस्





















