हेटौँडा । मकवानपुरको दोश्रो ठुलो क्यामपसको रुपमा रहेको हेटौँडा क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियुले सभापति सहित आफ्नो प्यानलमै जित हाँसिल गरेको छ । अनेरास्ववियुको तर्फबाट सभापतिका उम्मेदवार अभि मैनालीले २ सय ९० मत प्राप्त गर्दा नेपाल विद्यार्थी संघका राजिव फुँयालले १ सय ८५ मत प्राप्त गरे । त्यसैगरी मैनाली प्यानलबाट सचिवमा अन्जान खडका, कोषाध्यक्षमा अविना थापा सहित सदस्यहरुमा तिलकबहादुर पाख्रीन, रञ्जीता फुँयाल, भरतमोहन देवकोटा,नविनकुमार चौधरी र गणेश तिमल्सिना विजयी भए ।
यो सँगै हेटौँडा क्याम्पसमा अनेरास्ववियुले लगातार चौथो पटक स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा जित हाँसिल गरेको हो । हेटौँडा क्याम्पसमा स्ववियु स्थापनाकालबाटै सभापतिमा अनेरास्ववियुले जित दर्ता गर्दै आएको छ ।
सेयर गर्नुहोस्





















