हेटौंडा। नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ७ सय रुपैयाँले घटेर १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी, सोमबार तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सोमबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १३ सय ३० सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सेयर गर्नुहोस्




















