नेप्सेमा१.१८ प्रतिशतले उकालो

हेटौंडा टुडे
२०७९ चैत्र ६, सोमबार १५:२७ गते

हेटौंडा| सातोको दोस्रो कारोबार दिन सोमबार सेयर बजार मापक परिसूचक नेप्से१. १८ प्रतिशतले उकालो लागेको छ । नेप्से २२.६५ अंकले बढेर १९४९.०६ को विन्दुमा पुगेको छ ।

यस दिन २५९ कम्पनीका एक अर्ब २७ करोड चार लाख २६१ रुपैयाँबराबरको ५१ लाख ८५ हजार ११४ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
सेन्सेटिभ इन्डेक्स पनि ०.८२ प्रतिशतले बढेर ३६६.२३ कायम भएको छ ।

सोमबार १३ उपसमूहको परिसूचक उकालो लागेको छ । ट्रेडिङ उपसमूहको समूहगत परिसूचक सर्वाधिक ४.६६ प्रतिशतले बढेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*