ट्याक्टरमा दुर्घटना हुँदा २ जनाको मृत्यु

हेटौंडा टुडे
२०७९ चैत्र ७, मंगलवार ११:२३ गते

हेटौंडा|  कैलालीको जोशीपुरमा ट्याक्टरमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

जोशीपुरका गाउँपालिकामा आफन्तको पास्नी भोज खाएर फर्किँदा भजनी( ९ की चाहाना चौधरी र दिलरानी चौधरीको मृत्यु भएको कैलालीका डिएसपी कुलदीप चन्दले जानकारी दिए। उनका अनुसार सो दूघर्टनामा २८ जना घाइते भएका छन्।

बर्दगोरिया गाउँपालिका( ६ सुगरखालका आफन्तको घरबाट पास्नी भोज खाएर भजनी नगरपालिका( ९ कुणीतर्फ फर्किने क्रममा उनीहरू चढेको दुर्घटनामा परेको थियो। घाइते हुनेमा पेपी डगौरा,ज्योती चौधरी,मगुली चौधरी,मेदी डगौरा,मधु चौधरी,रुपा चौधरी,हिमान्सु चौधरी लगायत रहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*