हेटौंडा| पाथीभरामा दर्शन गर्न आएकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा विर्तामोड नगरपालिका २ चारपाने झापा बस्ने ४७ वर्षीया शिबमाया गौतम रहेकी छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक कुशराम कार्कीका अनुसार पाथीभरा मन्दिरको दर्शन गरि सोमबार बेलुका माथिल्लो फेदीमा बास बसेकी गौतमको मृत्यु भएको हो । उनी मंगलबार राति शौचालयमानै लडेको अवस्थामा भेटिएकी थिइन् ।
सेयर गर्नुहोस्






















