आज अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस

हेटौंडा टुडे
२०७९ चैत्र ७, मंगलवार १२:१५ गते

हेटौंडा । आज अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मार्च २१ तारिखमा यो दिवस विश्वभर मनाउने गरिन्छ ।

संयक्त राष्ट्र सङ्घले सन् १९६५ मा जातीय विभेद उन्मूलनसम्बन्धी महासन्धि पारित गरी जाति तथा रङ्गभेद उन्मूलन दिवसका रूपमा मनाउने घोषणा गरे पनि नेपालले भने यो महासन्धिलाई सन् १९७१ मा मात्रै अनुमोदन गरेको थियो ।

दिवस भने सन् १९६६ देखि मनाउन थालिएको हो । जातीय भेदभाव गर्न नपाइने स्पष्ट कानुनी व्यवस्था भए पनि जातीय भेदभाव तथा छुवाछुतका घटना भइरहेका छन् । २०६२ र ६३ सालको जनआन्दोलन पछि पुनस्थापित संसद्ले २०६३ साल जेष्ठ १६ गते नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*