हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेले आज प्रदेश सभा बैठकबाट विश्वासको मत लिने भएका छन् । यसअघि गएको बुधबार विश्वासको मत लिने प्रयोजनका लागी बोलाईएको बैठक स्थगित भएपछि जम्कट्टेलले आज विश्वासको मत लिन लागेका हुन् ।बुधबारको प्रदेश सभा बैठकमा सबैभन्दा ठूलो र गठबन्धनको मुख्य दल कांग्रेसका संसदहरु अनुपस्थित भएपछि अन्तिम समयमा आज शुक्रबार दिउँसो १ बजे बस्नेगरि प्रदेश सभा बैठक स्थगित गरिएको थियो ।
शुक्रबारको बैठकमा भने कांग्रेसका सांसदहरुले पनि उपस्थित भएर विश्वासको मत दिने भएका छन् । बुधबार आन्तरिक छलपल कै क्रममा रहेका कारण बैठकमा उपस्थित हुन नसकेको दावी गर्दै कांग्रेसले आजको बैठकमा भने मुख्यमन्त्रीलाई विश्वासको मत दिने जनाएको छ ।कांग्रेसले प्रदेश सरकारको नेतृत्व र भागबण्डाको विषयमा भने छलफल हुनुपर्ने आफ्नो यथावत रहेको जनाएको छ । नेपाली कांग्रेस बागमती प्रदेशका सचेतक कुन्दन काफ्लेले सरकारलाई बैधानिकता दिनुपर्ने भएकाले अहिले विश्वासको मत दिन लागेको स्पष्ट पार्दै गठबन्धन दलहरुबीचमा प्याकेजमा सहमती हुनुपर्ने कुराबाट कांग्रेस पछि नहटेको दावी गरे ।





















