मकवानपुरको बकैयामा ट्याक्टर पल्टिदा दुई जना घाइते

हेटौंडा टुडे
१४ चैत्र २०७९, मंगलवार ११:५१

हेटौंडा । मकवानपुरको बकैयाँ –३ हात्तिसुँडेमा ट्याक्टर दुर्घटना हुँदा दुइ जना घाइते भएका छन् । मंगलबार बिहान धरान चतरा सडकखण्ड अन्तर्गत हात्तिसुँमा बजार नजिक फापरबारीबाट जुरेली तर्फ जाँदै गरेको प्रदेश २( ०३( ००१ त ३१७२ नम्बरको ट्याक्टर दुर्घटना भएको थियो।आफै अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटना हुँदा ट्याक्टरमा रहेका दुइ जना घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ।

दुर्घटनामा ट्याक्टर चालक बकैया ४ जुरेली बस्ने २० वर्षिय बिजय तामाङ र सोही ठाउँका ३९ वर्षिय नवराज स्याङतान घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइते दुवैको अवस्था मध्यम रहेको र हेटौंडा(११मा रहेको चुरेहिल अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*