सुन-चाँदीको मूल्य बढ्यो

हेटौंडा टुडे
२०७९ चैत्र १५, बुधबार ११:४४ गते

हेटौंडा | सुनको मूल्य फेरि उकालो लागेको छ। आज सुनको भाउ ५ सय रुपैयाँले बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यसदिन सुन ५ सय रुपैयाँले बढेर तोलाको १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
तेजाबी सुन १ लाख ८ सय रुपैयाँ कायम भएको छ।

अघिल्लो कारोबार दिन मंगलबार छापावाल सुन १ हजारले घटेर तोलाको १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो। सुनको मूल्य बढेसँगै चाँदी पनि बढेको छ। आज चाँदी प्रतितोला १ हजार ३६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

मंगलबार चाँदी १ हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*