कोरोना संक्रमित१०३ पुग्यो

हेटौंडा टुडे
२०७९ चैत्र १५, बुधबार १६:५९ गते

हेटौंडा|  नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या एक सय नाघेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय शून्यमा झरेको कोरोना सङ्क्रमण बढेसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर १०३ पुगेको छ।

२४ घण्टामा एक हजार तीन सय ३० जनाको कोरोना परीक्षण गर्दा ३४ जनामा कोरोना पुष्टि भएको छ। मन्त्रालयले कोभिड(१९ सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको छ।

ज्वरो आउने, खोकी लाग्ने, हाच्छिउँ आउने, नाकबाट सिँगान बग्ने, टाउको दुख्ने, थकान महसुस हुने घाँटी दुख्ने वा खसखस हुने, गन्ध थाहा नहुने जस्ता मिल्दा जुल्दा लक्षण देखिने छन्।

कुनै लक्षण देखिएमा बेवास्ता नगरी जनस्वास्थ्यका मापदण्ड पूर्ण रूपमा पालना गर्न मन्त्रालयको सुझाव छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*