हेटौंडा | नेपाली कांग्रेसले चितवन–२ मा प्रतिनिधि सभा सदस्यका लागि जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
श्रेष्ठ चितवनका पूर्व जिल्ला सभापतिसमेत हुन् । चितवन–२ मा आगामी बैशाख १० गते प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ । यसअघिका प्रतिनिधि सभा सदस्य रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भई पदमुक्त भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
सेयर गर्नुहोस्






















