मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

हेटौंडा टुडे
२०७९ चैत्र २७, सोमबार १५:५९ गते

हेटौंडा | सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका(९, बगाटोलबी १० वर्षीया एन्जिला बस्नेत रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, आइतबार दिउँसो पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खडक नगरपालिका ७ कल्याणपुर बजारमा बा ३ च ५२९३ नम्बरको कार र को १५ प १९१ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको थियो । मोटरसाइकल कारमा ठोक्किएपछि ना ६ ख ९८५२ नम्बरको ट्रकमा पनि ठोक्किएको थियो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएकी एन्जिलालाई उपचारको लागि छिन्नमस्ता अस्पताल राजविराजमा लगिएको थियो । उपचारको क्रममा दिउँसो तीन बजे एन्जिलालाई डाक्टरले मृत घोषणा गरेको सप्तरीका प्रहरीले जनाएको छ ।

यस्तै, दुर्घटनामा परेर मृतक एन्जिलाकी बाबु ३६ वर्षीय ध्रुव बस्नेत घाइते भएका छन् । घाइते ध्रुव मोटरसाइकल चालक हुन् । उनको सोही अस्पतालमा उपचार भइरहेको छ ।

कार, कार चालक, ट्रक र ट्रक चालकलाई पनि नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यायल सप्तरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*