बागमती प्रदेशमा मौसम आंशिकदेखि सामान्य बदली

हेटौंडा टुडे
३ बैशाख २०८०, आईतवार १०:३२

हेटौंडा । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बांकी भु-भागहरुमा आंशिक बदली देखी सामान्यतया सफा अवस्था रहेको छ।

आइतबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी  भू-भागमा आंशिक बदली देखि सामान्यतया मौसम सफा रहने छ। कोशी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ। तराईका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ ।

राती देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागको मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*