हेटौंडा|दार्चुलामा भिरबाट लडेर दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मार्मा गाउँपालिका-१ घोल्जर पाखुकी ५१ वर्षीया कुटुमा देवी ठगुन्ना र उनकी नातिनी दुई वर्षीया सोनिया रहेका छन् ।
मार्मा गाउँपालिका-१ घुल्जरमा लागेको बिसु मेला हेरेर घर फर्कने क्रममा भिरबाट लडेर उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
शुक्रबार राति बिसु जात्राबाट घर फर्किने क्रममा भिरबाट लडेर बेपत्ता भएका उनीहरूको शव शनिबार बेलुका सुंगर भिरमा भेटिएको प्रहरीले जनाएको छ ।
सेयर गर्नुहोस्