नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षमा चन्द्रप्रसाद ढकालले पदभार ग्रहण

हेटौंडा टुडे
२०८० बैशाख ३, आईतवार १५:०६ गते

हेटौंडा|  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पदभार ग्रहण गरेका छन् । महासंघको विधानअनुसार स्वतः अध्यक्ष भएका ढकालले आज टेकुस्थित महासंघ कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै ढकालले आफुले व्यवसायिक हितका लागि सबैलाई समेटेर अघि बढ्ने बताए । उनले संस्थाको गरिमालाई थप उच्च राख्दै साना व्यवसायीहरुको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

महासंघको ५७ औँ वार्षिक साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा सुरकृष्ण बैद्य, एसोसिएट उपाध्यक्षमा ज्योत्सना सुब्बा श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित भएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*