सशस्त्र प्रहरीका सहायक हवल्दारले आफैंलाई गोली हान्दा मृत्युु

हेटौंडा टुडे
२०८० बैशाख ४, सोमबार ११:४७ गते

हेटौडौं | दाङको तुलसीपुर कारागारमा ड्युटीमा रहेका सशस्त्र प्रहरीका सहायक हवल्दारले आफैंलाई गोली हान्दा मृत्युु भएको छ ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका(८ टिकरीका ३५ वर्षीय बसन्त केसी रहेका छन्। उनले बेलुकी ड्युटीमा खटिएका बेला आफैंलाई गोली हान्दा घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।

घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*