वैशाख ६ र ७ गते बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने

हेटौंडा टुडे
४ बैशाख २०८०, सोमबार १२:१९

हेटौडौं | सरकारले यही वैशाख ६ र ७ गते बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

६ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा १२ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

आफ्‍ना बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत भिटामिन ए र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ ।

सरकारले प्रत्येक वर्ष बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउँदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*