सरकारद्वारा जग्गाको कित्ताकाट खुलाउने निर्णय

हेटौंडा टुडे
२०८० बैशाख ६, बुधबार १०:४९ गते

हेटौडा। सरकारले जग्गाको कित्ताकाट खुला गर्ने निर्णय गरेको छ ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जग्गाको कित्ताकाट खुलाउने निर्णय गरेको हो । सूचना तथा सञ्चारमन्त्री रेखा शर्माका अनुसार भू-उपयोग नियमावली २०७९ संशोधन स्वीकृत गर्दै कित्ताकाट खुला गरिएको जानकारी दिइन् । भू-उपयोग सम्बन्धी पहिलो संशोधन नियमावली २०७९ स्वीकृत गर्ने भन्ने निर्णय भएको बताउँदै उनले अंशवण्डा, जग्गासम्बन्धी कारोबारका थुप्रै कुरामा कित्ताकाटमा समस्या भएको विषयलाई अब नियमावलीले समाधान गर्ने स्पष्ट पारिन् ।
मन्त्री परिषदको निर्णय पछि यसअघि कित्ताकाट बन्द गर्ने मन्त्रालयहरूले गरेका निर्णय स्वतः खारेज हुने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*