हेटौडा । हेटौंडामा बुधबार बाघको आक्रमणबाट २ जना घाइते भएका छन् ।
घाइते हुनेमा हेटौंडा १५ बुद्धचोकका १७ बर्षीय सुमन घलान र ६५ बर्षीय कृष्णबहादुर घलान रहेका छन् । उनीहरूको हेटौंडा अस्पतालमा उपचार भईरहेको र थप उपचारका लागि भरतपुर पठाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बाख्रा चराउन गएका उनीहरूले पर्सा राष्ट्रिय निकुञ्जबाट आएको बाघले बाख्रालाई आक्रमण गरेपछि धपाउन खोजेका थिए । त्यही बेला बाघले उनीहरूलाई आक्रमण गरेको थियो ।
सेयर गर्नुहोस्





















