आज माता तिर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिन

हेटौंडा टुडे
७ बैशाख २०८०, बिहीबार ११:१५

हेटौंडा|  आज माता तिर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिन । यो दिन जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गरी आशिर्वाद लिएर मातातीर्थ औंशी मनाइँदैछ । बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा राम्रा लुगा र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ ।

आमा नभएकाहरू भने आमाको नाममा श्राद्ध गर्दै आमाको सम्झना गर्छन् । दिवङ्गत आमाको सम्झनामा काठमाडौं थानकोट नजिकै रहेको मातातीर्थमा ठूलो मेला लाग्ने गरेको छ । यस्तै भक्तपुरका नेवार समुदायले भने भक्तपुरको हनुमानघाटमा गई आमाको सम्झनामा श्राद्ध गरि तर्पण दिने गरेका छन् ।

आमाको लागि मीठा परिकार किन्नेहरुको चापले गर्दा आज मिठाई पसलहरुमा पनि भीड हुने गर्दछ । आमालाई मीठा खानेकुरा खुवाउनको लागि धेरैजना घर र माइत जाने गर्दछन् ।

यस्तै सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा पनि धेरैले आमाप्रति भावना र सम्झना साटफेर गर्ने गर्दछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*