सूर्यग्रहण: दोष नलाग्ने हुँदा नेपालमा बार्नु नपर्ने

हेटौंडा टुडे
२०८० बैशाख ७, बिहीबार ११:२४ गते

हेटौंडा| बैशाख ७ गते बिहीबार तदनुसार अप्रिल २० तारिखका माता तीर्थ औसीका दिन बिहान मेष राशि र अश्विनी नक्षत्रमा लाग्ने सूर्यग्रहण नेपालको कुनै पनि भूभागबाट देखिंदैन। जसकारण नेपालमा कुनै पनि प्रकारका दोष नलाग्ने र बार्नु पनि पर्दैन।

ग्रहण अन्य देशमा बिहान ७ बजेदेखि मध्यान्ह १२ बजेसम्म भनिए पनि स्थानीय समयअनुसार फरक फरक समयमा लाग्नेछ।

बिहीबार बिहान सूर्योदयसँगै पूर्वी एसियाली देश इण्डोनेसिया, मलेसिया, अष्ट्रेलिया, मकाउ, ताइवानलगायत पूर्वी चीनबाट पनि ग्रहणको प्रत्यक्ष अवलोकन गर्न मिल्नेछ।

बिहीबार लाग्ने ग्रहण युरोप, अमेरिकालगाएतका अन्य कुनै पनि देशहरुबाट देखिने छैन। शास्त्रीय नियमअनुसार नदेखिएको ग्रहणबाट कुनै पनि प्रकारका दोष नलाग्ने हुँदा बार्नु पनि पर्दैन।

अश्विनी नक्षत्र, बिहीबार, पर्व विशेष माता तीर्थ औंसी तथा मेष राशिमा लाग्ने ग्रहणलाई शास्त्रले अशुभ व्याख्या गरेको पाइँदैन । विशेषगरी मेष, कन्या, वृश्चिक, मकर र मीन राशिका मानिसहरुले सावधानी अपनाउनु पर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*