हेटौंडा । आज शुक्रबारबाट हेटौंडामा ‘हेटौंडा साहित्य महोत्सव’को आयोजना हुँदैछ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
मकवानपुरको अग्रणी साहित्यिक संस्था साहित्य संगम मकवानपुरको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको र नेपाल प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा साहित्य महोत्सव हुन लागेको हो ।
दुईदिन सम्म सञ्चालन हुने महोत्सवमा साहित्यका विभिन्न पक्षमा वहस, कविता वाचन, गजल महफिल, मुक्तक वाचन, पुस्तक प्रदर्शनी, चित्रकला प्रर्दशनी, आदिवासी जनजातिका कथा लगायतका विषय रहने आयोजक संगमका अध्यक्ष अनिता न्यौपानले जानकारी दिइन् ।
मकवानपुरे साहित्यमा २०४४ सालदेखि क्रियाशिल संगमले पहिलो पटक साहित्यिक महोत्सवको आयोजना गर्न लागेको हो । बैशाख ९ गते साहित्य संगम मकवानपुरको ३३० औं नियमित साहित्य सन्ध्यामा संगमले प्रदान गर्ने विभिन्न सम्मान समेत वितरण गरिने संगमका सचिव डिबी बर्तौलाले जानकारी दिए ।
आजबाट हेटौंडा साहित्य महोत्सव हुँदै
सेयर गर्नुहोस्