पाल्पा बस दुर्घटनामा एकको मृत्यु

हेटौंडा टुडे
२०८० बैशाख १०, आईतवार १२:१० गते

हेटौंडा |पाल्पा बस दुर्घटनामा एक जनाको निधन भएको छ । आज बिहान तिनाउ–५, जोरधारा नजिकै भएको दुर्घटनामा महिलाको मृत्यु भएको जनाइएको छ ।

बिहान बुटवलबाट पाल्पा हुँदै बाग्लुङको बुर्तिबाङ्तर्फ गइरहेको लु. १ ख ५९५६ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा एक दर्जन यात्रु घाइते भएका छन् ।

घाइते सबैको लुम्बिनी मेडिकल कलेजमा उपचार थालिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*